Monday, December 28, 2015

प्रवासी नेपालि मन्च अमेरिकाको दोस्रो साधारण सभा सम्पन्न ।

prawasi 1संघिय लोकतान्त्रिक गणतन्त्र नेपालका सम्माननीय प्रधान मन्त्रि तथा नेकपा एमालेका अध्यक्ष के पि शमॉ ओलीद्वारा बिधुतिय माध्यम (स्काइप ) बाट समुद्घाटन गर्नु भयो । अमेरिका भरिका मन्चका अगुवाहरूको सहभागिता रहेको उक्त कार्यक्रम को सभापति मन्चका अध्यक्ष संन्जय थापाले गर्नु भएको थियो भने स्वागत मन्तव्य मन्चका बरिष्ठ उपाध्यक्ष वाला घिमिरेले तथा धन्यवाद ज्ञापन क्षेत्रिय संयोजक टेकराज पौड्यलले गर्नु भएको थियो

कार्यक्रम मन्चका महासचिव प्रभु राम थापाले सन्चालन गर्नु भएको थियो । कार्यक्रमको उद्घघाटन समारोहमा एन आर एन अमेरिकाको पूवंअध्यक्ष शिव कुमार राई ,बानाका अध्यक्ष कुलमणि आचार्य ,, आदीवासि जनजाति महासंघ अमेरिकाका उपाध्यक्ष मंगल दास श्रेष्ठ ,सिकागोल्यान्ड नेप्लिज फ्रेन्डसिप सोसाइटीका अध्यक्ष गोपाल कंडेल ,जनसम्पर्क समितिका सल्लाहकार लाल प्रसाद काफ्ले ,एन आर एन ईलिनोईजका सचिव सत्य चौधरी ,यूनानी मेडिसेनका अध्यक्ष डा राम शाह तथा डा दिपक मनरल लगाएतका अथितिहरूले मन्चको साधारण सभाको सफलताको शुभकामना मन्तव्य ब्यक्त गनुं भएको थियो ।

prawasi 3मन्चको दोस्रो सत्र (बन्ध सत्र )पुरूषोत्तम बोहोराको अध्यक्षता तथा खेम भन्डारिको सन्चालनमा सम्पन्न भएको थियो भने बन्दा सत्रमा बिभिन्न राज्य कमिटिका अध्यक्ष ,क्षेत्रिय कमिटिका संयोजकहरू सहकारि बिभाग ,अनुशासन विभाग ,तथा सल्लाहकार कमिटिका प्रमुखहरूले आअफ्नो क्षेत्रको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष शंकर पन्तले आथिंक प्रतिवेदन ,महासचिव प्रभु थापाले साग्गाठानिक प्रतिवेदन र अध्यक्ष संजय थापाले राजनितिक प्रतिवेदन पेश गर्नु भएको थियो ।

अध्यक्ष महासचिव र कोषाध्यक्षको प्रस्तुत प्रतिवेदनमाथि सहभागिहरूले छलफल तथा जिज्ञासा राख्नुभएको थियो भने सहभागिहरूले राखेका जिज्ञासको जवाफ सम्वन्धित प्रतिवेदन प्रस्तोताहरूले दिनु भएको थियो । कार्यक्रमको अन्त्यमा पुर्व पूमन्त्रि युवराज काकिंले आफ्नो मन्तव्य राख्नुभएको थियो ।यस साधारण सभाले प्रवासि नेपालि मन्च अमेरिका राष्ट्रिय कमिटिको दोस्रो राष्ट्रिय महाधिवेशन आगामि सेप्टेम्वर २०१६ भित्रमा अमेरिकाको डिसि मेट्रो क्षेत्रमा गरिने निर्णयका साथै समसामयिक प्रस्तावहरू पास गदैं दोस्रो साधारण सभा समापन गरियो ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...