Monday, December 28, 2015

“धन लामाको गीति एल्बम बिमोचन”

new yorkन्यूयोर्क,युवाकवि तथा गीतकार धन लामाको नयां र पहिलो गीति एल्बम “तिम्रो आगमनमा” न्यूयोर्कमा एक समारोहका बिच औपचारिक रुपमा बिमोचन गरियो । नेपाली बाणिज्यदूतावास न्यूयोर्कका वाणिज्यदूत कृसु क्षेत्री; नाट्यकर्मी तथा प्राज्ञ हरीबहादुर थापा; गायक गम्बु शेर्पा; र गीतकार धन लामाले संयुक्तरुपमा बिमोचन गर्नु भएको सो गीति एल्बम बिमोचन कार्यक्रममा बिभिन्न चर्चित गायन कलाकार; साहित्यकार; समाजसेवी; महिला तथा सज्जनबृन्दहरुको उल्लेख्य उपस्थिती रहेको सो कार्यक्रममा गत डिसेम्बर १३ तारिखका दिन न्यूयोर्कको अफ ब्रोडवेमा सफलतापूर्वक मन्चन गरिएको नाटक “जोडियोस् भत्किएका मनहरु” का कलाकार तथा सम्पूर्ण टीमलाई आयोजक गीतकार धन लामाले सम्मान गर्नु भयो ।

गीतकार धन लामाले न्यूयोर्कमा फोक्सोको रोगबाट पिडीत भै हाल उपचार गराईरहेकी प्रशा तुलाधरको सहयोगार्थ ३०० डलर सहयोग प्रदान गर्ने घोषणा पनि गर्नु भयो ।सो कार्यक्रममा गायीका पबिता परीयार, बसन्ती राई, गायक आदित्य लामाले एल्बममा समाहित गीतहरु आफ्नो जादुमय आवाजमा सुनाउनु भएको थियो । यसैगरी भजन गायक कमल बहादुर खडकाले सुमधुर गणेश भजन सुनाउनु भएको थियो ।

उक्त कार्यक्रममा सहभागी अतिथीहरु मध्ये कनेक्टीकट राज्यबाट आउनुभएका अमेरिकी अतिथी एड स्मिथले एल्बमको गीतमा गिटार बजाएर सबैलाई मन्त्रमुग्ध पारेको थिए भने मेरी म्याक्केनले गीतकार धनलामाको बारेमा तयार पारेको बिवरण पावरपोईन्ट मार्फत प्रस्तुत गर्नु भएको थियो ।

( फोटो सौजन्य: शम्भु मोक्तान )

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...