Monday, December 28, 2015

बौलाहा कुर्सी ?

thumb31

 

यो कुर्सि हेर कस्तो भो टासियो मयलै मयल

जो बस्छ यसमा उसकै मात्र हुन्छ सुखी सयल

लुटेर  खोस्नु  खोसेर  मारेर  ढुकुटी  भर्यो

गर्धन न्याकी निमूखाको शक्ति क्षीण पनि गर्यो

मिच्यो ऐन गर्यो चैन कानून वशमा  लियो

लगाम हात पारेर देश हाँक्ने  भएछ  यो

मत्स्य न्याय गर्यो यसले फकाएर भुराहरु

यहि हो उसको  दाउ सत्तासिन  कुराहरु

कुर्सिको बल ठुलो छ कुप्रयोग जताततै

हिच किचाउन पर्ने हो, गर्छ लाज पचाउदै

भाइचारा र सद्भाव अरुले बाँच्नु पर्दछ

भन्ने कुरा किताबैमा पढेन, जिद्दी गर्दछ

ठुलो रूख ढलाएर बोक्रा ताछी गुदी गुदी

छानेर बलियो पार्न बर्षौ लाग्यो कुंदी कुंदी

सिकर्मी लाइ नै यसले दोष लायो बनावटी

त्रुटी भाको कुरा गर्छ  आफु सम्पन्न भै डटी

हल्लाउन कतिले खोजे मन्त्र तन्त्र गरिकन

एकतन्त्र   बहुतन्त्र  गणतन्त्र  भनिकन

तैपनि यसकै नाभी गाडिएको छ आसन

लाचार हुनु नै पर्छ  सुनेर कटु भाषण

यो थियो सबको छत्र-छाया बन्थ्यो पुरातन

धर्म छाड्यो सदाचार सकेन गर्न पालन

अब यो कुर्शी फालेर कुशको स्थापना गरौँ

मन्त्रले गुण सम्पन्न पारेर  भरमा परौं

दण्ड, भेद त्रयो नीति ले यो सम्पन्न हुन्छ कि ?

दामको काम नै हुन्न अनि पो  देश बन्छ कि ?

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...