Monday, December 28, 2015

नासाको सिल्भर जुब्ली मनाउन मुल समारोह समिति गठन

अमेरिकाको दक्षिण पुर्वी राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलीज एसोसियसन इन साउथ ईष्ट अमेरिका नासाको आज सम्पन्न कन्फ्रेन्स कल बैठकले सन् २०१६ मा संस्थाको स्थापना भएको २५ औ बर्ष अर्थात सिल्भर जुब्ली भव्यताका साथ मनाउने निर्णय गरेको छ ।

सिल्भर जुब्ली मनाउनका लागि आजको बैठकले नासाका अध्यक्ष विमल नेपाल संयोजक रहने २५ सदस्यीय मुल आयोजक समारोह समिति पनि गठन गरिएको छ । सो समितिमा नासाका पुर्वअध्यक्षहरु स्वत सदस्य रहने छन भने सदस्य सचिवमा महासचिव शिव विष्ट रहेको समिति गठन गरिएको हो । बाँकी अन्य सदस्यहरुमा प्रतिष्ठित व्यक्तित्वहरु समावेस गर्ने बैठकले निर्णय गरेको छ । नासाले आफ्नो कार्यकाल सन २०१५-२०१७ लाई सफल बनाउन विभिन्न समितिहरु पनि गठन गरेको छ । महासचिव शिव विष्टका अनुसार बाँकी सल्लाहाकार समिति भने आगामी बैठकबाट गठन गरिने निर्णय भएको छ ।

नासाको बैठकले नेपालमा भुकम्प पीडितहरुका लागि सहयोग वितरण उदेश्यले रकम संकलन गर्न जनवरी २०१६ को तेश्रो हप्तामा एटलान्टामा एक मनोरन्जनात्मक बृहत डिनर कार्यक्रम आयोजना गर्ने निर्णय पनि भएको छ । नासा सम्मेलनका बेलामा खातामा रहेको केही रकम र डिनरबाट उठेको रकमलाई जम्मा गरी नेपालको भुकम्पबाट बढी प्रभावित क्षेत्रहरुमा सहयोग वितरण गरिने निर्णय भएको छ ।

त्यसैगरी नासाले सस्थालाई प्रभावकारी सञ्चालनका लागि विभिन्न समितिहरु पनि गठन गरेको छ । जसमा सञ्चार तथा जनसम्पर्क समितिमा शिव विष्ट, पव्लिकेसन समितिमा भुवन खनाल, स्वास्थ्य तथा समाज कल्याण समितिमा सतिस गुप्ता, शैक्षिक तथा व्यवसायिक समितिमा डा मनोज झा, नेपाल फोरममा गजेन्द्र अर्याल, अध्यागमन मानव अधिकार तथा द्धन्द्ध व्यवस्थापन समितिमा नारायण खड्का, शिक्षा तथा उद्दमशिलता समितिमा उत्तम गौली, बाह्य सम्बन्ध समितिमा
शैलेन्द्र बज्राचार्य, भाषा तथा कला साहित्य समितिमा कृष्ण श्रेष्ठ रहेका छन ।

त्यसैगरी एटलान्टा नेपाली स्कुलमा गृवाण पाण्डे, अन्तरराज्य समन्वय समितिमा उद्धव कार्की, युवा शसक्तिकरण समितिमा डा निरोज बस्नेत, महिला तथा बालबालिका समितिमा विद्या गुरुड, सदस्यता वितरण समितिमा तारा पुन, खेलकुद समितिमा कृष्ण देवकोटा, आईटि समितिमा मनिश शाक्य, र फण्ड रेजिड समितिमा पशुपति न्यौपाने रहेको समितिहरु गठन भएका छन।

शिव विष्ट
महासचिव, नेपलीज एसोसियसन इन साउथ ईष्ट अमेरिका (नासा)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...