Monday, December 28, 2015

वाशिंगटन डिसीको “तमु लोह्सार”

वाशिंगटन डिसी – राजधानी वाशिंगटन डिसी नजिकै भर्जिनियाको हर्नडन सिटीमा आयोजित तमु लोह्सार करिब ५००-६०० नेपालीहरुको सहभागितामा भब्यताका साथ सम्पन्न भयो ।

ग्रेटर वाशिंगटन तमु समाजको आयोजनामा हिजो आईतबार भएको उक्त भब्य लोह्सारमा भर्जिनिया, वाशिंगटन डिसी, म्यारिल्याण्ड, पेन्सिल्भानिया, न्युजर्सी, न्युयोर्क, बोस्टन देखी गुरुङ समुदायका पुरुष तथा महिलाहरु आफ्नो जातीय भेष, भुषामा उपस्थित भएका थिए । प्रमुख अतिथी अमेरिकाका लागी महामहिम नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले उद्घाटन भाषणमा बिदेशमा पनी नेपालको संस्कृती संरक्षणमा यसरी लागिपरेको देख्दा खुशी लाग्यो भन्दै तमु समाजका कार्यकर्ताहरुलाई दुतावास र नेपाल सरकारको तर्फबाट धन्यबाद दिनुभयो ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...