Tuesday, December 1, 2015

भूकम्पले भत्काएको विद्यालयमा फिलिपिनी नागरिक जुलीको सहयोग

लमजुङ, १६ मङ्सिर । भूकम्पले क्षति पुगेको लमजुङको गाउँसहरस्थित यशोब्रह्म माध्यमिक विद्यालयलाई फिलिपिनी नागरिकले आधुनिक कम्प्युटर प्रयोगशाला बनाइदिने भएको छ ।

भूकम्पका कारण विद्यालयको भवनमा क्षति पुगेको र विद्यार्थीको पठनपाठनमा समस्या भएकाले सहयोगस्वरुप आधुनिक कम्प्युटर प्रयोगशाला निर्माण गरिदिन लागिएको हो । दक्षिण एसियामा शिक्षाको क्षेत्रमा काम गर्दै आएको बिएससी फिलिपिन्स नामक संस्थाकी अध्यक्षसमेत रहेकी जुली सिसाजनले प्रयोगशाला बनाउनका लागि व्यक्तिगत र संस्थागत गरी रु ६३ लाख सहयोग जुटाएको बताउनुभयो ।

साथै उहाँले विद्यालय शिक्षा सुधारका लागि रु पाँच लाखको अक्षयकोष, शिक्षकको क्षमता विकासका लागि रु एक लाख, शिक्षक, अभिभावक र विद्यार्थी बीचको सम्बन्ध विस्तारका लागि रु तीन लाख, छात्रा शौचालय निर्माण लागि रु ५० हजार थप गर्ने घोषणा पनि गर्नुभयो । विसं २०१८ मा स्थापित यो विद्यालयमा हाल कक्षा १० सम्मको पढाइ हुँदै आएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...