Friday, December 25, 2015

पाँच हजार गाँजाको बोट नष्ट

gaajaइनरुवा, १० पुस । जिल्ला प्रहरी कार्यालय सुनसरीले एकै दिनमा पाँच हजार गाँजाको बोट काटेर नष्ट गरेको छ । गाँजा नष्ट अभियानअन्तर्गत बिहीबार साँझसम्ममा स्थानीयवासीले अवैध किसिमले लुकिछिपी रुपमा लगाएको गाँजाको बोट नष्ट गरेको जिप्रका सुनसरीका प्रहरी उपरीक्षक सञ्जयराज शर्माले जानकारी दिनुभयो ।

गाँजाखेतीका कारण जिल्लामा गाँजाको कारोबार गर्ने व्यक्तिको सङ्ख्या बढ्ने भएपछि त्यसलाई न्यूनीकरण गर्न अभियान सुरु गरेको प्रहरीले जनाएको छ ।

अभियानअन्तर्गत जिल्लाको देवागन्जको ३ र ५, राजगन्ज सिनुवारीको १, २, ३, ४, ६, ७ र ८, एकम्वाको १ र ५, चिमडीको १, ५ र ९, कप्तानगन्जको १, वसन्तपुरको १, २, ३, ४, ५, ६ र ९, नरसिंहको ७ र ८, भोक्रहाकों १, २, र ३, श्रीपुरजब्दीको ३, ४, ५ र ६ छिटहाको ३ र ५, हरिनगराको २, पूर्वकुशाहा गाविसको १ देखि ९ सम्मको गाँजा काटेर नष्ट गरेको प्रहरी उपरीक्षक शर्माले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा गाँजाखेती नष्ट गर्नका लागि प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाको नेतृत्वमा अनुगमन समितिसमेत परिचालन गरिसकेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...