बिर्तामोड, १८ मङ्सिर । होटल सञ्चालिका नै यौनजन्य गतिविधिमा सम्लग्न भेटिएपछि प्रहरीले झापाको बिर्तामोडबाट ५ जनालाई पक्राउ गरेको छ ।
बिर्तामोडमा सञ्चालित भूमिका होटलकी सञ्चालिका ३० वर्षीया मिरा राईलाई बिर्तामोड नगरपालिका–५ निवासी ३५ वर्षीय खगेन्द्र प्रसाईसँग यौन सम्वन्ध राख्दा राख्दै प्रहरीले भेटेपछि उनीहरुसँगै होटलमा रहेका अनिता राई, अन्जु बुढाथोकी र सृजना राईलाई पनि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
नियन्त्रणमा लिएकामध्ये अनिता पनि होटल सञ्चालिका हुन् । होटल सञ्चालिकाद्वय अनिता र मिराले लामो समयदेखि युवती राखेर आफैँपनि यौनजन्य गतिविधिमा सम्लग्न हुँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बिर्तामोडमा सञ्चालित होटलहरुमा यौनजन्य गतिविधि बढेको जनगुनासो आएरहेको समयमा होटल सञ्चालक आफैँ यौनसम्पर्क राखिरहेको अवस्थामा फेलापारेपछि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर कारवाही अघि बढाएको प्रहरी निरीक्षक जनार्दन घिमिरेले बताएका छन् ।
No comments:
Post a Comment