Thursday, December 31, 2015

अवैध सालको काठ बरामद

सल्यान, १६ पुस । जिल्ला वन कार्यालय सल्यानले आज करिब ८८ क्युफिट सालको काठ बरामद गरी नियन्त्रणमा लिएको छ ।

कार्यालयले लक्ष्मीपूर ९ टोट्केमा रहेको राष्ट्रिय वनबाट बेवारिसे अबस्थामा रहेका सालका काठ नियन्त्रणमा लिएको हो । वन कार्यालयका सहायक वन अधिकृत मेघनाथ काफ्लेको नेतृत्वमा गएको टोलीले काठ नियन्त्रणमा लिएको वन अधिकृत विद्यानाथ झाले जानकारी दिनुभयो । काठ तस्करीका लागि तस्करले काभ्रादेखि कालीमाटीसम्म जोड्ने ५ किमी कच्चीबाटो निर्माण गरी तस्करी गर्ने गरेको झाले वताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...