Thursday, December 31, 2015

गाई मर्दै

बर्दिवास, १६ पुस । महोत्तरी जिल्लाको गौशाला नगरपालिकास्थित निगौल गाई गौशालाका गाई मर्न थालेका छन् ।

बढ्दो जाडोबीच न्यानो बास र पौष्टिक आहारको अभावमा पुस लागेयता सात दुधालु गाई र १५ गाईका बाछाबाछी मरेका हुन् । आर्थिक अभावका कारण निगौल गाई गौशालाको ब्यवस्थापन पक्षले फाराममा पालिएका गाईलाई पोषणयुक्त खाना जुटाउन, बासको समुचित प्रबन्ध गर्न नसक्दा चार गोठमा पालिएका गाई, कोरेली बाच्छी र ससाना बाच्छाबाच्छी मर्ने क्रम बढेको हो । पछिल्लो पटक मधेस आन्दोलनले गर्दा गौशालाको आन्तरिक स्रोतबाट नियमित आउने आम्दानी ठ्याक्कै रोकिएपछि गाई फारामका गाई खान नपाएर मर्ने र बिरामी हुने क्रम बढेको निगौल गाई गौशाला ब्यवस्थापनले जनाएको छ । पछिल्ला दिनमा बास र पौष्टिक आहारको कमीले फर्मका गाई दुब्लाइरहेका छन् ।

निगौल गाई गौशालाको गाई फारामका ६० उन्नत जातका गाई, १८ कोरेली बाच्छी र अन्य ४२ ससाना बाच्छाबाच्छीसहित १२४ गाईले पछिल्ला चार महिनायता पोसिलो आहार खान र समुचित बास नपाउँदा जीवनमरणको दोसाँधमा पुगेको गौशालाका ब्यवस्थापक शोभाकान्त पाण्डेले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...