Friday, December 4, 2015

दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

Road Accidentसुन्दरदुलारी (मोरङ), १९ मङ्सिर । मोरङको विराटनगरमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर–६ मा घर भई हाल इलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी हवल्दार रेवतीरमण भण्डारी रहेका छन् ।

विराटनगर–७ स्थित शनिमन्दिर चोक अगाडि कोसी राजमार्गमा बरगाछीबाट रोडशेष जाँदै गरेको को७प ७४५३ नम्बरको स्कुटी सोही दिशा जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टरमा ठक्कर खादा भण्डारी गम्भीर घाइते भएका थिए ।

घाइते भण्डारीको उपचारको क्रममा गए राति १ बजे न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...