Wednesday, December 2, 2015

पेट्रोल आगोमा नष्ट गर्न खोज्दा मोर्चाका एक कार्यकर्ता घाइते

fireमहोत्तरी, १७ मङ्सिर । महोत्तरीको सम्सीमा बुधबार साँझ भारतबाट तस्करी गरी ल्याउँदै गरेको करिब ३५ लिटर पेट्रोल आगोमा नष्ट गर्न खोज्दा मोर्चाका एक कार्यकर्ता घाइते भएका छन् ।

भारतीय बजारबाट मोटरसाइकलमा लोड गरी गौशालातर्फ ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिई आगो लगाई जलाउन खोज्दा सम्सी– ७ का भोगेन्द्र यादव घाइते भएको मोर्चाका कार्यकर्ता रामबाबु यादवको भनाइ छ ।

घाइते भोगेन्द्रको तत्काल उपचारका लागि जनकपुरस्थित जानकी मेडिकल कलेजमा भर्ना गराए पनि त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ लैजाने तयारी गरिरहेको अस्पताल स्रोतले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...