Wednesday, December 2, 2015

इटहरीमा बेवारिसे सुर्ती र मदिरा

tobaccooइटहरी, १७ मङ्सिर । इटहरी उपमहानगरपालिका क्षेत्रमा सादा पोसाकमा परिचालित प्रहरीले अवैध रुपमा बिक्री वितरणका लागि ल्याइएका सुर्ती र मदिरा बरामद गरेको छ ।

इटहरी तथा यस आसपासका क्षेत्रमा अवैध रुपमा सुर्तीको कारोबार हुने गरेको सुराकको आधारमा त्यसको खोजी गर्ने क्रममा सादा पोसाकमा परिचालित प्रहरीले इटहरी– ८ स्थित गोल्डेन चोकमा अन्तःशुल्कसमेत नतिरेको सात बोरा सुर्ती बरामद गरेको जनाएको छ ।

बेवारिसे अवस्थामा फेला परेको सुर्ती कसले कहाँ बिक्रीका लागि लैजान लागेको हो भन्ने यकिन हुन नसकेकाले त्यसको खोजी भइरहेको छ ।

यसैगरी सादा पोसाकमा नै रहेको प्रहरीले इटहरीको बुधबारे क्षेत्रबाट २०० लिटर अवैध घरलु मदिरा बरामद गरेको छ । सादा पोसाकमा प्रहरी देखेपछि मदिराको कारोबार गर्ने मानिस भने गुपचुपमा नै फरार भएको प्रहरीले बताएको छ । बरामद भएका ती दुवै सामग्रीलाई इलाका प्रहरी कार्यालय, इटहरीमा राखिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...