Wednesday, December 2, 2015

मनोज भन्छन, जन्म दिनको केक जस्तो होईन मेरो देश

sddefault

वासिङ्गटन डिसी,डिसेम्वर २, नेपालका ख्यातिप्राप्त हास्य कलाकार मनोज गजुरेल अमेरिकाको विभिन्न शहरमा वाह्र वटा कार्यक्रम सम्पन्न गरी नेपाल फर्किएका छन् । उनले अमेरिकाको अन्तिम कार्यक्रम गत नोभेम्वर २९ तारिखको दिन नेपाल अमेरिका पत्रकार संघ नेजाको लागि गरेका थिए । कार्यक्रम स्थलमा प्रवेश गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेषमा सजिएका उनले नेपाल माथि गरिएको नाकावन्दीको विरोध र मोदीे सरकारले छिमेकी माथि गरेको कुलषित भावनाको तिखो तरिकाले व्यङ्ग कसेका थिए ।

जन्मदिनको केक जस्तो होईन मेरो देश
चट्ट काटयो वाँडी खायो पहाड मधेश
भाई फुटाई ,राष्ट्र टुटाई
मार्न दिन्नौ देश, जनता होईन टुर्नामेन्टको वाघ चाल र चेस
मेरो देश मेरो देश
उनको माथिको लयात्मक प्रस्तुति र देश वनाउन मागेर हुँदैन भन्ने भावनाका कारणले पनि उनी दर्शकका माझ लोकप्रिय वन्न सफल भएका छन् । उनले न्यूयोर्कमा प्रस्तुत गरेका विभिन्न प्रस्तुतिहरुमा दर्शकहरुले पेटमिचिी मिची हाँसेका थिए ।
कलाकार मनोज गजुरेल सँग न्यूयोर्कमा ईनेप्लीजको लागि सञ्चारकर्मी मधुकर अधिकारीविश्वराज थापाले गर्नु भएको भिडियो संवाद प्रस्तुत गरेका छौं ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...