Sunday, December 27, 2015

महतोको स्वास्थ्यमा सुधार

rajendra mahatoविराटनगर, १२ पुस । भन्सार नाका अवरुद्ध गर्ने क्रममा भएको झडपमा परी घाइते हुनुभएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ ।

शनिबार अपराह्न विराटनगरको रानी भन्सार अगाडि मधेसी मोर्चाका कार्यकर्ताका साथ धर्नामा बसेपछि प्रहरीसँग झडप हुँदा उहाँ घाइते हुनुभएको थियो ।

विराटनगरस्थित गोल्डेन अस्पतालको सघन उपचार कक्षमा शनिबार बेलुकी भर्ना हुनुभएका उहाँको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...