Saturday, January 9, 2016

जुटपानी रेडक्रसको १७औं वार्षिक साधारण सभा

रत्ननगर २५ पौष ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा जुटपानी, खोलेसिमलको १७ औं वार्षिक साधारण सभा आज शनिबार सम्पन्न भएको छ । संस्थाका सभापति गणेश शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला शाखा चितवनका मन्त्री ज्ञानशाली न्यौपाने रहेका थिए । कार्यक्रममा संस्थाका सचिव बालकृष्ण अधिकारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष बाबुराम अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाको अवसरमा ३६ जना पूर्व कार्यसमितिहरुलाई सम्मान समेत गरिएको थियो । संस्थाका उप–सभापति ओम प्रसाद लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा पूर्व उप–सभापति केशव लामा, सल्लाहकार जयन्द्र कुमार श्रेष्ठ, कन्चन दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटा, कृष्ण बहादुर घिमिरे, डण्डपाणी लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...