Saturday, January 9, 2016

“तन्नेरीबिनाको देश !”

कता फर्क्यौं हामी, कहाँ बन्यो गन्तब्य हाम्रो

नक्सा कस्तो बन्ला भोलि, यो रीतिले हाम्रो देशको

यो रीतिले हाम्रो देशको |

कसले खान्ला बाटो-घाटो, कसले सोहोरला कुलो-कुलेशो

कसरी चल्ला ऐचो-पैंचो, कसरी फुक्ला अड्को-पड्को

कस्तो होला चित्र गाउँको, एउटै हाम्रा तन्नेरीबिनाको

लर्को लागी पलायन भइरहे, सबै बलिष्ठ-पाखुरा देशको

सबै बलिष्ठ-पाखुरा देशको |

कसले चलाउला घाट मलामी, कसले स्याहारला बृधहरु

कसरी चल्लान कर्म काण्ड, कसरी जुट्लान बर-बधू

जगेर्नाबिना के हाल होला, हाम्रा कला र संस्कृतिको

नियति यस्तै रहिरहे, के हाल होला यो हाम्रो देशको

के हाल होला यो हाम्रो देशको |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...