Monday, January 4, 2016

यी हुन् एमाले नेता यादवका हत्यारा, प्रहरीले एक हप्तापछि समात्यो

Ramnaresh_yadav_Sarlahi-hatya1

घटनास्थलमा फेला परेको कपडा सर्लाही, २० पुस । मर्निङ वाकका क्रममा मारिएका नेकपा एमालेका नेता राम नरेशराय यादवका हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । हत्याराको नाम सार्वजनिक गरिएको छैन् । पुस १४ गते मर्निङ वाकमा जाने क्रममा सर्लाहीको हेमपुर–८ मा ५६ वर्षीय नेता यादवको हत्या भएको थियो । सोमबार परिवारले किटानी जाहेरी दिएका छन् । प्रहरी स्रोतका अनुसार एमाले नेता यादवको हत्यामा २७ वर्षीय युवक संलग्न छन् । उनलाई प्रहरीले आइतबार पक्राउ गरेको बताइएको छ । यादवको हत्या भएको घटनास्थलमा फेला परेको ट्राउजर र ज्याकेटका आधारमा हत्यारा युवक पत्ता लागेको प्रहरी स्रोतको दाबी छ । हत्याको कारण बाबुसँग अँश लिएर बेचेर खाएपछि फेरि बाबुसँग अँश माग्न जाँदा नेता यादवले बीचमा आएर सहजीकरण गर्नु रहेको छ । त्यसैकारण युवकले नेता यादवलाई पटकपटक मार्ने धम्की समेत दिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...