Monday, January 4, 2016

यस्तो छ कल्पना !!

BIJAY-THAPA1

उमेरमा थ्यो सब आश कल्पनामा
जबानिमा गो सहबास कल्पनामा

बढेर सन्तान न हुर्किदा तक
छानो र धोति एकगास कल्पनामा

देखासिखी चाल गमेर मनमनै
रमाइलो साँझ र तास कल्पनामा

बढ्दै गयो कर्म अझै ठूलो भयो
ईच्छा बढ्यो सुन्दरी पास कल्पनामा

लगाम छाड्यो खुकुलो बनाई
हुदै गयो नास बिनास कल्पनामा

सलाई कोर्यो खरको कुन्यूभरि
गुहार माग्यो प्रभुदास कल्पनामा

फर्केन खोलो अब भो असम्भब
बाँकी रह्यो के अब लास कल्पनामा

यो कल्पनाले परिणाम ल्याउदा अब
लौ रोकियो ठप्प छ सास कल्पनामा

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...