Tuesday, January 5, 2016

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

दैलेख, २१ पुस । ट्याक्टर दुर्घटनामा परी आज यहाँ दुई जनाको मृत्यु भएको छ ।

सदरमुकामबाट खानेपानी आयोजनाको सामान लिएर नौमुलेतर्फ जाँदै गरेको लु३त १५५२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तोली गाविस–३ का ५६ वर्षीय इन्द्रबहादुर थापा र सोही गाविस–२ का ३६ वर्षीया ज्योति रानाको मृत्यु भएको हो ।

दुर्घटनामा परी नारायण नगरपालिका–३ का ५२ वर्षीय लक्ष्मीप्रसाद कोइराला घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार कोइरालाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

तोली गाविसमा सञ्चालित खानेपानी योजनाको सिमेन्ट र सरिया लिएर जाँदै गरेको ट्याक्टर नारायण नगरपालिका–५ धिताहामा सडकदेखि करिब २५ मिटर तल खसेकोे थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...