Tuesday, January 5, 2016

भारत सधैँ अफगान नागरिकको साथमा छ: प्रम मोदी

narendra-modiनयाँ दिल्ली, २१ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सधैँ अफगान नागरिकको साथमा रहेको बताउनुभएको छ ।

उत्तरी अफगान नगर मजार इ सरिफमा रहेको भारतीय कन्सुलेटमा भएको तालिवानहरुको आतङ्कवादी हमलापछि प्रधानमन्त्री मोदीले सो धारणा राख्नुभएको हो ।

सो आक्रमणपछि अफगान राष्ट्रपति असरफ घानीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोनगरी सो आक्रमणको बारेमा जानकारी गराउनुभएको थियो ।

उक्त फोनवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले अफगान राष्ट्रपतिमार्फत आफू र भारतीय जनता सधँै अफगान नागरिकका साथमा रहेको बताउनुभएको समाचारमा जनाइएको छ ।

भारतीय प्रधानमन्त्रीको कार्यालयद्वारा प्रकाशित विज्ञप्तिकाअनुसार प्रधानमन्त्री मोदीले सो आक्रमणलाई निस्तेज पार्न अफगान सुरक्षा निकायले गरेको बहादुरीपूर्ण कार्य र साहसका लागि पनि प्रशंसा व्यक्त गर्नुभएको थियो ।

आइतबार सो कन्सुलेटमा हतियारधारीहरुले आक्रमण गरेका थिए । आक्रमणमा आएका हतियारधारीहरु भने अफगान सुरक्षा बलको कारबाहीमा मारिएका थिए । दुईजना मारिएका र अर्का एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सो कन्सुलेटमा तीनजना भारतीय अधिकारी कार्यरत थिए । आक्रमणबाट उनीहरु भने सुरक्षित रहेका बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...