Tuesday, January 5, 2016

सैनिक कारबाहीमा १४ तालिवान र दुई सैनिक मारिए

afaganistan-1024x722काबुल, २१ पुस । अफगानिस्तानमा त्यहाँको सुरक्षाबलले तालिवान सशस्त्र विद्रोहीका विरुद्ध जारी राखेको कारबाहीको क्रममा गएको २४ घन्टाभित्रमा त्यहाँका १४ जना तालिवान आतङ्ककारीको मृत्यु भएको समाचार छ ।

सो कारबाहीको क्रममा कैयौँ आतङ्ककारी घाइते हुनुको साथै अरु केही जना पक्राउ परेका जनाइएको छ । अफगानिस्तानको गृह मन्त्रालयले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिएको छ ।

देशका विभिन्न ठाउँमा भएका आतङ्ककारी विरुद्धका कारबाहीहरूमा ती तालिवानहरुले ज्यान गुमाएका गृह मन्त्रालयले जानकारी दिएको छ ।

अफगान सैनिक र प्रहरीको समेत सहयोगमा कुनार, गजनी, जाबुल, बादख्सान कुन्दुज फराब हेलमान्ड र फराह प्रान्तमा गत २४ भित्र जारी कारबाहीमा ती आतङ्ककारीको मृत्यु भएको हो ।
सोही अवधिमा आतङ्ककारीको आक्रमणमा दुईजना अफगान सेनाको समेत मृत्यु भएको जनाइएको छ ।

अफगानिस्तानमा गत जनवरीदेखि नेटोसँग आवद्ध प्राय सैनिक फर्किसकेका र बाँकी रहेका सैनिकले पनि तालिवानसँग युद्धभूमिमा गएर युद्ध नगर्ने निर्णय गरेका छन् ।

सोही कारण पनि अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ । तर पछिल्लो समयमा अफगानिस्तानको सरकारले यो कारबाहीका लागि त्यहाँको प्रहरीलाई अघि सार्न थालेको छ ।

पछिल्लो समयमा तालिवानहरूले पनि अफगानिस्तानका विभिन्न स्थानमा सुरक्षाकर्मी र सरकारी अधिकारीहरूलाई लक्ष्यगरी आक्रमणलाई तीव्र पारेका छन् ।

उनीहरुले सोमबारमात्र पनि काबुलको एक विमानस्थलमा नै लक्षितगरी आत्मघाती बम विस्फोट गराएका थिए । उनीहरुले राजधानी काबुलमा नै लक्ष्यगरी पछिल्लो समयमा आक्रमणलाई तीब्र बनाएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...