Saturday, January 30, 2016

गस्तीमा हिँडेको प्रहरीमाथि गोली प्रहार

जुम्ला, १७ माघ । सदरमुकाम खलङ्गामा गस्तीमा हिँडेको प्रहरी माथि गोली प्रहार भएको छ ।

विमानस्थल नजिकैको ठिन्के भन्ने स्थानमा हिजो राती गस्तीमा गएको प्रहरीमाथि गोली प्रहार हुँदा प्रहरी जवान दीपक रोकाया घाइते भएका छन् । घाइते रोकायाको हातसहित पेटमा गोली लागेको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिनुभयो ।

उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको प्रतिष्ठान जुम्लाले जनाएको छ ।

नायब उपरीक्षक कोइरालाका अनुसार सो घटनामा एकजनालाई अटोमेटिक पेस्तोलसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । राति ८ बजेतिर गोली चलेको थियो । गोली कसले चलाएको भन्नेबारेमा थप अनुसन्धान भइरहेकाले अहिले नै भन्न नसकिने प्रहरीले बताएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...