Saturday, January 30, 2016

बढी ब्याजको लोभमा साँवा डुवेपछि

पाल्पा, १७ माघ । करोडपति बन्ने सपनामा ‘कमोडोटिज विजनेस’ मा अवैध लगानी गर्ने व्यक्ति अहिले फसेका छन् ।

तानसेन शीतलपाटीस्थित शाक्यमुनि कमोडोटिजकी सञ्चालिका कल्पना घिमिरेले अवैध लगानीकर्तालाई साँवाब्याज दिन नसकेपछि लगानीकर्ताले आफूहरू फसेको गुनासो गर्दै आएका हुन् ।

शाक्यमुनि कमोडोटिजको नाममा सुनचाँदीको खरिद बिक्री गर्ने नेटवर्किङ व्यवसायमा अवैध लगानी हुँदै आएको हो । यस व्यवसायमा पाल्पाका सयौँ व्यक्तिले करोडौँ अवैध कारोबार गर्दै आएको तथ्य खुलेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा घटबढ हुँदा नाफा कमाउने लोभमा रु पाँच लाखदेखि दुई करोडसम्म लगानी गरेको पीडितले बताएका छन् ।

शाक्यमुनि कमोडिटिजका सञ्चालिका घिमिरेले भने स्थानीय व्यक्तिसँग ऋण लिएर सुनचाँदी कारोबारमा नभई घरघडेरी खरिद बिक्री व्यवसायमा लगानी गरेको बताउनुभयो ।

अवैधरुपमा ब्याजको कारोबार सञ्चालन गरेर तानसेनका प्रतिष्ठित व्यापारी, वकिल, व्यवसायीले ठगिएको गुनासो गरेको प्रहरी नायब उपरीक्षक सुमनकुमार तिमिल्सिनाले बताउनुभयो ।

विगत पाँच वर्षदेखि अत्याधिक ब्याज पाउँदै आएका लगानीकर्ताले गत महिनाको पुस मसान्तदेखि पैसा नपाएपछि सञ्चालिका घिमिरेको तानसेनस्थित कैलाशनगरको घर घेराउ गर्दै आएका थिए ।

घर घेराउ गर्दै रकम फिर्ता गर्न दबाब दिएपछि घिमिरेले असुरक्षाको कारण आफू प्रहरी कार्यालयमा आएको जानकारी दिनुभयो ।

घिमिरेले आफ्नो रु २५ करोडसम्मको कारोबार रहेको बताउँदै बाहिर हल्ला भए जति कारोबार आफ्नो नभएको उल्लेख गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...