Friday, January 29, 2016

“मेरो देशको कुरा चल्यो”

गौतम-उदय-300x292

आज कतै वार्तालापमा, मेरो देशको कुरा चल्यो

निकासको कुरा चल्यो, विकासको कुरा चल्यो 

अमरसिंहको सन्तान भन्ने, मेरो स्वाभिमान ढल्यो

मेरो स्वाभिमान ढल्यो |

प्रति-व्यक्ति आयलाई, सय भित्रै भन्नु पर्दा

सर्माएर आँखा झुकाई, रातै-रातै बन्नु पर्दा

सगरमाथा वरिपरि, आँखैअघि आँधी चल्यो

हिमालको सन्तान भन्ने, मेरो स्वाभिमान ढल्यो |

मेरो स्वाभिमान ढल्यो |

विज्ञानको कुरा चल्दा, प्रविधिको कुरा चल्दा

भित्र मर्म छामी-छामी, नदुखे झैं गर्नु पर्दा

कारकहरु सम्झिएर, नासानासा आगो बल्यो

नेपालको सन्तान भन्ने, मेरो स्वाभिमान ढल्यो

मेरो स्वाभिमान ढल्यो |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...