Saturday, January 30, 2016

अनाथहरूलाई मोर्चाले भोजन खुवायो

सं.स. मो.ले अनाथहरुलाई भोजन खुवाउँदै 1

देवर्षि । १६ माघ, काठमाडौं । शुक्रवारको दिन साँझ पर्दै गइरहेको थियो । संयुक्त सनातन

मोर्चाका केन्द्रीय संयोजक पदमराज पाण्डे आफ्ना केही कार्यकर्ता तथा सहयोगीको साथमा पवित्र समाज सेवा नेपालमा रहेका बालबच्चा, बृद्धबृद्धालगायत सो अनाथ आश्रयालयमा आश्रय

लिइरहेका असहायहरूलाई खुवाउन भोजन निर्माण गर्दै थिए ।

सं.स. मो.ले अनाथहरुलाई भोजन खुवाउँदै 2

एकडेढ वर्षका बालबालिका देखि एकसय सात बर्षसम्मका बृद्धबृद्धाहरूलाई आश्रय दिइरहेको सो

पवित्र समाज सेवा नेपाल नामक आश्रयालय काठमाडौं धापासीको खोँचमा रहेको छ ।

सं.स. मो.ले अनाथहरुलाई भोजन खुवाउँदै 3 सो आश्रयालय दिक्षा चापागाईको नेतृत्त्वमा सञ्चालित छ । हिजोमात्रै अनुमानित छ सात वर्षको एक असक्त–अपाङ्ग बालकलाई सडकको बेवारिसे अवस्थाबाट प्रहरीले ल्याएर छाडेको छ, यसरी नै असहायहरू आइरहन्छन्, सो केन्द्रकी एक जना सहायकले न्यूज टिमलाई बताइन् । महिला दिदीबहिनीको जिम्मेवारीमा सञ्चालित सो असहाय केन्द्रको आश्रयमा सबै उमेरका र सबै वर्ण एवम् लिङ्गका अनाथहरूले आश्रय लिइरहेका देखिन्छन् ।

सं.स. मो.ले अनाथहरुलाई भोजन खुवाउँदै 4

नयाँ ठाऊ भएर हुनसक्छ हिजो आइपुगेको सो बालक बेलाबेलामा रुने गरिरहँदा समाजकी सहयोगी ती महिलाले खाने कुरा दिएर भुलाउँदै थिइन् । स–साना बच्चाहरूको एककिसिमको रोमाञ्चकारी अवस्थादेखि भर्खर किशोरावस्थामा प्रवेश गरेका किशोरीहरूको स्वभाविकता र उमेर अवस्था तथा पक्षघात आदि रोगले असक्त हुँदै गएका बृद्धबृद्धा आमाबुबाहरूको समावेशिकरणले पवित्र समाजको वातावरण वास्तवमै पवित्र देखिन्थ्यो ।

सं.स. मो.ले अनाथहरुलाई भोजन खुवाउँदै 5

किशोर अवस्थामा हिँड्दै गरेका किशोरी बैनीहरू विद्यालयबाट फर्केपछिको गृहकार्यमा जुटिरहेको दृष्य बडो आनन्ददायी देखिन्थ्यो । उनीहरू धेरैले आफ्नो घर, बुबाआमा थाहा नभएको बताए ।

सं.स. मो.ले अनाथहरुलाई भोजन खुवाउँदै 6

संयुक्त सनातन मोर्चा नेपालको राष्ट्रिय धार्मिक पहिचान एवम् राष्ट्रिय धर्मको संरक्षणको क्षेत्रमा क्रियाशिल हुँदै आएको धार्मिक संगठन हो । मोर्चाले अस्वभाविक रूपमा नेपाली समाजमा बडिरहेको धर्मपरिवर्तनलाई विदेशी विस्तारवादीहरूबाट नेपालको राष्ट्रघात, राष्ट्र विखण्डन गराउन चालेको षड्यन्त्रको रूपमा परिभाषित गर्दै आएको छ । समाजमा बृद्धाश्रम एवम् अनाथआश्रम बढ्दै गएका छन्, तिनै आश्रमहरूमा सहयोग गर्ने कपट बहाना गरेर विदेशी परधर्मीहरूले धर्मपरिवर्तन गराउने काम गरिरहेका छन् । धेरै तरिकाबाट नेपाल, नेपालीलाई असक्षम बनाउने खेल भइरहेको छ । यस्तो अवस्थामा अब यहाँका ॐकार परिवार भित्रका धार्मिक तथा सामाजिक संघसंस्थाले यो विषयमा सरोकार राख्न र देखिएका समस्यालाई सुल्झाउन रचनात्मक कार्य गर्नुपर्ने आवश्यकता भएको मोर्चाका संयोजक पाण्डेको भनाइ छ ।

सं.स. मो.ले अनाथहरुलाई भोजन खुवाउँदै 7

थपिथपि भोजन खाइसकेपछि बालबालिकाहरूले यस्तो मिठो खाना आफूहरूले पहिलो पटक

खाएको बताए भने सञ्चालिका दिक्षा चापागाईले पनि यसरी संस्थाको नेतृत्त्व कर्ता आफै आएर भोजन बनाएर खुवाएको यो पहिलो रेकर्ड भएको बताइन् ।

सं.स. मो.ले अनाथहरुलाई भोजन खुवाउँदै 8

यसरी धार्मिक तथा सामाजिक संघसंस्थाले समाजमा रहेका अनाथालय, बृद्धाआश्रम आदिमा आफ्नो सेवा सहयोगलाई केन्द्रित गर्ने हो भने विभिन्न सहयोगको बहाना गरी यस्ता अनाथालयहरूलाई भर्याङ्ग बनाई हुँदै आएको मौलिक धर्म विस्थापित गर्ने तथा परधर्मलाई लाद्ने कुचक्र निरुत्साहित हुने र परधर्म तथा परसंस्कृति आदिबाट विभिन्न तबरबाट हुँदै आएको सामाजिक विखण्डन रोक्न मद्दत पुग्ने देखिन्छ ।

सं.स. मो.ले अनाथहरुलाई भोजन खुवाउँदै 12

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...