Wednesday, January 6, 2016

सिटामोल मात्र पाउँछन् जाजरकोट अस्पतालमा बिरामीले

जाजरकोट, २३ पुस । यहाँको जिल्ला अस्पताल जाजरकोट औषधिको चरम अभाव भएको छ । अस्पतालमा औषधि ढुवानीको नियमित काम समयमै हुन नसक्दा औषधिको चरम अभाव भएको हो ।

वर्षभरिको सबै औषधि समयमा ढुवानी गरिसक्नुपर्ने भए पनि अहिलेसम्म औषधि आपूर्ति नहुँदा अस्पतालमा भर्ना हुने र भर्ना नभएर उपचार लिन आउने सर्वसाधारण मर्कामा परेका छन् । सामान्य प्रकारको औषधि पनि अस्पतालमा पाउन नसकेको बिरामीको गुनासो छ । सरकारले स्वास्थ्य चौकीमा ७० प्रकारको र प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालमा १०० प्रकारको औषधि निःशुल्क दिने भने पनि यतिबेला जाजरकोट अस्पतालमा औषधिको चरम अभाव भएको हो ।

जिल्ला अस्पतालमा अहिले दैनिक आठदेखि १३ जनासम्म बिरामी भर्ना हुन आउने गरेको छ । त्यस्तै सामान्य जाँच गराएर जानेको सङ्ख्या धेरै भए पनि अस्पतालबाट औषधि पाउने अवस्था नभएको सेवाग्राहीको गुनासो छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...