Wednesday, January 6, 2016

मूलप्रवाहीकरण कार्ययोजना तयार

बाँके (खजुरा), २३ पुस । बाँकेको कम्दीमा जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम व्यवस्थापनको मूलप्रवाहीकरण कार्ययोजना तयार गरिएको छ ।

कम्दी गाविस, फेकोफन बाँकेको सहकार्यमा हरियो वन कार्यक्रम केयर नेपालमार्फत सो कार्ययोजना तयार गरिएको हो । चालु आर्थिक वर्षमा कार्यान्वयन गरिने र आगामी आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने लापा–कापा तथा अन्य महत्वपूर्ण योजनाको जिम्मेवारीसहित मूलप्रवाहीकरणको कार्ययोजना तयार गरी हस्तान्तरण गरिएको हो ।

त्यस अवसरमा स्थानीय अनुकूलन तथा विपद् जोखिम व्यवस्थापन योजना मूलप्रवाहीकरणको आवश्यकता र महत्व तथा आवश्यक प्रक्रिया, हरियो वन कार्यक्रममार्फत गाविसमा सम्पन्न कार्यक्रमको जानकारी गराएको थियो ।

कार्यक्रममा गाविसस्तरीय एकीकृत योजना तर्जुमा समिति, वडा नागरिक मञ्च, स्थानीय राजनीतिक दल, लापा व्यवस्थापन समिति र सामुदायिक वन उपभोक्ता समूहको प्रतिनिधिको सहभागिता थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...