Monday, January 25, 2016

बेल्चाले हिउ फ्याक्दा दर्जनौ को मृत्यु तथा हिउ पाखा नलगाए जरिवाना

heart attack

बिशाल हिमपातले अमेरिकाको पूर्वीय समुन्द्रतटका राज्यहरुलाई तहस नहस बनाएको छ l र जसको कारण जीवन अस्तव्यस्त भएको छ l र पछिल्लो समाचार अनुसार २० जना भन्दा ज्यादाको मृत्यु भै सकेको छ l अहोरात्र हिउको थुप्रो फ्याक्ने काम द्रुत गतिमा भै रहेको छ l

र साधन र श्रोतले भ्याई रहेको अवस्था देखिदैन l तर पनि सिमित साधन र श्रोतको व्यापक परिचालन भै रहेको छ l झन्डै मानिसको घुडा देखि माथि र झन्डै कम्मर सम्म आएको भारी हिमपातलाई फ्याक्न सबै भन्दा समस्या उत्पन्न भएको छ l सरकारको तर्फ बाट सडक ,उप सडक ,गल्लि ,कुन काप्चा ,सार्बजनिक स्थल लाई सफा गर्ने जिम्मेबार हुन्छ भने घर वरीपरि सरकारले हिउ सफा गर्ने जिम्मा लिदैन l

घरधनीले स्वयम् ले गर्नु पर्ने हुन्छ l आफ्नो घर वरिपरि ,अगाडी हिड्ने ठाउँ र सवारी साधन मात्र गुड्ने ठाउँ बनाउन हिउ फ्याक्ने गर्दा करिब दर्जनौ मानिसको हृदयघात बाट मृत्यु भएको खबर छ l यसरि आफ्नो घर अगाडी थुप्रिएको हिउको डङ्गुरलाई सावेलले फ्याक्ने क्रममा न्यु योर्कमा ६७ ,७८ र ८० बर्षका मानिसको हृदय घात बाट मृत्यु भएको खबर छ l न्युयोर्क कै क़ुइन्समा ६० बर्षिय ,डेलावेरमा ४४ बर्षिय प्रहरी अधिकारी तथा ४९ बर्षिय मानिसको हृदय घात बाट मृत्यु भएको छ l यसै गरि भर्जिनियामा पनि तीन जनाको बेल्चा खन्ने क्रममा मृत्यु भएको समाचार स्थानीय न्युज ४ ले उल्लेख गरेको छ l

अहिले सम्मको जानकारी अनुसार कुनै पनि नेपालीहरु यस दुखत घटनामा परेका छैनन् l र सबै नेपालीहरु सुरक्षित नै रहेका छन् l अमेरिकाको राजधानी वाशिंगटन डिसीमा आफनो निवासको छेउछाउ ,अगाडी पछाडी र मानिस हिड्ने सडकमा थुप्रिएको हिउ फ्याकीएन भने जरिवाना स्वरुप $ २५ डलर लिने १ हप्ता भित्र फ्याक्न अटेरी गरे $ एक सय डलर सम्म पुग्ने भनि समाचारमा जनाएको छ l

सावेल ,कोदालो या अन्य हतियारले हिउको थुप्रो फ्याक्न ५० बर्ष भन्दा बढी उमेरका मानिसलाई हृदय सम्बन्धि समस्या छ भने साबधान अपनाउनु पर्ने छ l हिउ सोर्ने क्रममा हृदय घात बाट बच्न बेल्चा चलाउदा लगातार फ्याक्नु भन्दा केहि सिमित समय सम्म फ्याक्ने l धेरै ठुलो हिउ फ्याकी काम छिटो सक्ने भन्ने तर्फ भन्दा सावेलमा कम हिउ राखी फ्याक्ने र बारम्बार बिश्राम गर्ने l बेल्चा चलाउदा धेरै परिश्रम चाहिन्छ र जसको कारण ज्यादा कडा तथा पटक पटक स्वास लिनु पर्ने हुन्छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...