Monday, January 4, 2016

देश विकासका लागि राजनीतिक स्थायित्व जरुरी: प्रवक्ता बडू

dilendra-baduबैतडी, २० पुस । नेपाली काँगे्रसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले समग्र नेपालको विकासका लागि राजनीतिक स्थायित्व जरुरी रहेको बताउनुभएको छ ।

गृह जिल्ला दार्चुलाबाट राजधानी फर्कने क्रममा आज नेपाली काँगे्रस बैतडीले गरेको चियापान कार्यक्रममा प्रवक्ता बडूले समग्र मुलुकको विकासका लागि राजनीतिक स्थायित्व जरुरी भन्दै त्यसका लागि मधेस आन्दोलनको समस्या समाधान हुनुपर्ने बताउनुभयो ।

मधेसको आन्दोलन र अन्य विषय पनि वार्ता र संवादबाट मात्रै टुङ्गिन्छ उहाँले भन्नुभयो, “आफूहरु वार्ताको टेबुलमा बस्न तयार छौँ ।”

उहाँले नेपाली काँगे्रस प्र्रतिपक्षी भए पनि आफूहरु वार्ताको टेबुलमा नै भएकाले मधेसी दललाई पनि वार्ताको टेबुलमा आई निकास खोज्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

निर्माणाधीन चमेलिया, पश्चिम सेतीलगायतका आयोजनालाई पूर्णताः दिन पनि राजनीतिक स्थायित्व जरुरी भएकाले यसमा आफूहरु प्रयत्नशील रहेकोसमेत बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...