Monday, January 4, 2016

दुगड म्यानेजरलाई थुनामा राख्न अदालतको आदेश

काठमाडौँ, १८ पुस । जिल्ला अदालतले तेल खाद्यान्न लगायत अत्यावश्यक वस्तुमा कालोबजारी गरेको आरोपमा दुगड कम्पनीका म्यानेजरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासले खाने तेललगायत वस्तुमा कालोबजारी गरेको आरोपमा अमन जैन र प्रमोदराज अधिकारीलाई थुनामा राख्न आदेश दिएको हो । भारत सरकारले लगाएको अघोषित नाकाबन्दीका कारण दैनिक उपभोग्य वस्तुमा कालोबजारी बढेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले रिट निवेदन दर्ता गरेको थियो ।

मञ्चका अध्यक्ष ज्योति बानियाँले अदालतले ज्योति गुप्रका सञ्चालक केशवलाल दुगड, विकास दुगड, नरेश दुगडलगायत अन्य नौ जनालाई पक्राउ पुर्जी जारी गरेको जानकारी दिनुभयो । कालोबजारी गर्नेलाई १० वर्ष जेल सजायँ र भेटिएको सामान जफत गरी राज्यको ढुकुटीमा हाल्ने कानुनी प्रावधा रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts