Tuesday, January 26, 2016

टफा अमेरिकाद्वारा रु.तीन लाख राशी बराबरको थारु छात्रवृतिको घोषणा

काठमाडौँ, १३ माघ – टफा अमेरिकाले रु. तीन लाख राशी बराबरको थारु छात्रवृतिको घोषणा गरेको छ। थारु एण्ड फ्रेन्ड्स एसोसिएसन(टी.एफ.ए.) गैर नाफा मुलक सामाजिक संस्था हो।
अमेरिकामा बसोबास गर्ने सम्पूर्ण थारु समुदायको साझा संस्थाको रुपमा परिचित यो संस्थाले शैक्षिक बर्ष २००८/२००९ देखिनै नेपालमा १०+२ , ब्याचलर र मास्टर तहमा अध्यनरत गरिब तथा जेहेन्दार थारु बिद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्दै आइरहेकोछ । यस संस्थाले शैक्षिक बर्ष २०१५/१६ को लागि १२ जना थारु बिद्यार्थीहरुलाई जनही रु. २५,०००(रु. पचीस हजार )को दरले जम्मा रु.३,००,०००(रु तीन लाख) छात्रवृतिको रुपमा प्रदान गर्ने निर्णय गरेको छ । यस बर्ष नेपाल अधिराज्य भरिबाट ८३ जना थारु बिद्यार्थीहरुले यस छात्रवृतिको लागि आबेदन हालेका थिए जसमध्ये १२ जना छनौटमा परेका छन् ।

टफा छात्रवृति नीति नियम र छनौट मुल्यांकन नियमावलीको अधिनमा रही टफाको कार्यकारी समितिले हालै मात्र छात्रवृति प्राप्त गर्ने थारु बिद्यार्थीहरुको नामावली प्रकाशन गरेको छ । छनौट भएको विद्यार्थीहरुले यथासिघ्र टफाको इमेल : [email protected] मार्फत सम्पर्क गर्न अनुरोध गरिन्छ।
शैक्षिक बर्ष २०१५/२०१६ का लागि टफा छात्रवृति प्राप्त गर्ने विद्यार्थीहरुको नामावली यसप्रकारको रहेको छ :

160127452211

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...