Friday, January 29, 2016

एक सय ७२ अभियुक्त फरार

बैतडी, १६ माघ । जिल्ला अदालत दार्चुलाबाट फैसला भएका विभिन्न मुद्दाका १७२ अभियुक्त फरार रहेका छन् ।

जिल्ला अदालतको यो तथ्याङ्क विस २०३९ देखि २०७२ पुस मसान्तसम्मको हो ।

तथ्याङ्कअनुसार ४२ जनालाई कैद, १०१ जनालाई जरिवाना तथा ३० जनालाई कैद र जरिवाना गरी दुवै सजायको फैसला भएको छ ।

हालसम्म १३७ वर्ष नौ महिना पाँच दिन कैद बाँकी रहेको छ भने करिब रु १२ लाख २१ हजार जरिवानास्वरुप असुल गर्न बाँकी रहेको छ ।

त्यस्तै चालु आवको पुस मसान्तसम्ममा ४६ वर्ष तीन महिना कैद तथा करिब रु सात लाख ३८ हजार जरिवाना असुल भएको जिल्ला अदालतले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...