Friday, January 29, 2016

छोरीको जन्मदिनको अवसरमा विद्यालयलाई सहयोग

काठमाडौँ, १६ माघ । गैर आवासीय नेपाली सङ्घ (एनआरएन) अस्ट्रेयलियाका उपाध्यक्ष राज थपलिया र उहाँकी श्रीमती प्रमिती (आचार्य) थपलियाले आफ्नो छोरी जस्मिनको जन्मदिनको अवसरमा एक विद्यालयलाई सहयोग रकम प्रदान गर्नुभएको छ ।

दुर्गम मानिने डोल्पाको पनि दुर्गम माथिल्लो डोल्पामा रहेको निसाल गाविस–१ साल्दाङस्थित ‘द स्लोली नेपाल फाउन्डेड’ नामक विद्यालयलाई उहाँहरुले रु दुई लाख ६० हजार १०१ सहयोग प्रदान गर्नुभएको हो ।

काठमाडौँमा आयोजित रकम हस्तान्तरण कार्यक्रममा थपलिया दम्पतीका तर्फबाट उहाँहरुका आफन्त रवीन्द्र थेवे र सनम थेवेले विद्यालयका सञ्चालकलाई सो रकम हस्तान्तरण गर्नुभयो ।

अति विकट क्षेत्रका विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले छोरीको जन्मदिनको अवसरमा उहाँहरुले सो सहयोग गर्नुभएको कार्यक्रममा जानकारी गराइयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...