Friday, January 1, 2016

विपन्न तथा असहाय वृद्धवृद्धालाई न्यानो कपडा वितरण

तुलसीपुर (दाङ), १८ पुस । दाङको सौडियारका विपन्न तथा असहाय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरिएको छ ।

सौडियार गाविसको सहयोग तथा ज्येष्ठ नागरिक समाज सौडियारको आयोजनामा २७ जना विपन्न तथा असहाय वृद्धवृद्धालाई यहाँ न्यानो कपडा वितरण गरिएको हो ।

वडा नागरिक मञ्चले सिफारिस गरेका प्रत्येक वडाका तीन तीन जना गरी २७ जनालाई स्विटर प्रदान गरिएको सौडियार गाविसका सामाजिक परिचालक विमल योगीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...