Friday, January 1, 2016

धनमाया स्मृति पुरस्कार राससकर्मी भण्डारीलाई

10590693_712260768810130_2583109533789181725_nकाँकडभिट्टा (झापा), १८ पुस । जयन्द्र प्रसाईं साहित्य सेवा कोष झापाले यस वर्षको धनमाया स्मृति सक्रिय महिला पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिकी समाचारदाता चन्द्रकला भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

शुक्रबार झापाको विर्तामोडमा भएको पुरस्कार छनोट समितिको बैठकले भण्डारीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि रु ११ हजार १११ रहेको छ ।

त्यसैगरी कोषले दीर्घसाहित्य सेवी सम्मान धुलाबारीका साहित्यकार तेजराज खतिवडा (तेराख)लाई प्रदान गर्ने भएको छ भने उत्कृष्ट कृति पुरस्कार ‘किन रोयौँ उपमा ?’ नामक कथा सङ्ग्रहका लेखक सिलगढीका लोकनाथ उपाध्याय (चापागाईं)लाई प्रदान गरिने भएको छ ।

दुवै पुरस्कारको राशि रु १५ हजार १११ रहेको पुरस्कार छनोट समितिका संयोजक लोकराज ढकालले बताउनुभयो ।

आगामी माघ १६ गते विर्तामोडमा एक कार्यक्रमको आयोजना गरी ती पुरस्कार प्रदान गरिने कोषले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...