Sunday, January 3, 2016

ट्रक दुर्घटनामा ६ गम्भीर घाइते

दोलखा, १९ पुस । दोलखाको दक्षिणी गाउँ पवटी–४ मा आज ट्रक दुर्घटना हँुदा ६ व्यक्ति गम्भीर घाइते भएका छन् ।

सर्लाहीबाट ईंटा बोकेर दोलखाको शैलेङ्गेश्वर गाविसको भैँसेबजार जाँदै गरेको बा३ख १७३७ नम्बरको मिनी ट्रक सत्येश्वर उच्चमावि नजिकैको खोलामा पुग्दा बढी भारका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले बताउनुभयो ।

प्रहरी निरीक्षक सुनुवारका अनुसार ट्रक दुर्घटनामा परी पवटी–९ की ५२ वर्षीया भगवती थपलिया, सोही स्थानकी ५० वर्षीया कमलकुमारी खड्का, शैलुङगेश्वर–७ पोखरेका गोपाल विश्वकर्मा, सोही स्थानका ३७ वर्षीया मनमाया विश्वकर्मा र ५० वर्षीया बिन्दा सिवाकोटी र २२ वर्षीय रामशरण थपलिया सख्त घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर भएकाले स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको सुनुवारले बताउनुभयो । घाइतेको अवस्था चिन्ताजनक रहेको बताइएको छ । ट्रकका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...