Saturday, January 2, 2016

मधेसमा उत्पन्न समस्याको समाधान काँग्रेसले गर्छ: नेता पाण्डे

बेनी (म्याग्दी), १९ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् श्रम विभाग संयोजक बद्री पाण्डेले तराई मधेसको समस्या समाधान गर्न काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ ।

सरकारले गठन गरेको वार्ता टोलीले आन्दोलनरत पक्षसँग प्रभावकारी तरिकाले छलफल अघि बढाउन नसकेको जनाउँदै उहाँले काँग्रेसले आन्तरिक रुपमा विभिन्न चरणमा वार्ता गरिरहेको उल्लेख गर्नुभयो ।

नेपाल ट्रेड युनियन, म्याग्दीले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य पाण्डेले तराई आन्दोलनको समाधानको सूत्रधार काँग्रेस नै हुने दाबी गर्नु भयो । आगामी १३औँ महाविधेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा उहाँले जोड दिनु भयो ।

ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष दुर्गाराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति एवम सांसद् रेशम बानियाँ, नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् ट्रेड युनियनको केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामजी कुँवर, पश्चिमाञ्चल क्षेत्रीय उपाध्यक्ष मुरारी शर्मा, नेपाली काँग्रेसका सचिव माधवप्रसाद रेग्मी, आबद्ध संस्थाहरुका तर्फबाट नेपाल शिक्षक सङ्घका अध्यक्ष केशवप्रसाद रेग्मीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...