मेल्बोउर्ने (अस्टे«लिया), १५ माघ । अष्ट्रेलियाको दक्षिणी तटीय क्षेत्रको बर्वोन हेड्समा भएको एक सानो विमान दुर्घटनामा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको समाचार छ ।
स्थानीय समयानुसार शुक्रबार अपरान्ह १२ः३० मा भएको यस दुर्घटानमा दुई पुरुष र एक महिलाको मृत्यु भएको बताइएको छ । यो सानो चार सिटको विमान भएको जनाइएको छ ।
प्रारम्भिक समाचारमा यस घटनामा पाँच व्यक्तिको मृत्यु भएको जनाइएको थियो । भिक्टोरिया प्रहरीले पछि सो घटनामा ती व्यक्तिको मृत्यु भएको पुष्टि गरेको थियो ।
यस घटनामा एक यात्रु भने अझ हराईरहेको बताइएको छ । दुर्घटनाग्रस्त इलाकामा उद्धारकार्य जारी रहेको बताइएको छ । रासस ÷एपी
No comments:
Post a Comment