Friday, January 29, 2016

मलेसियामा नेपाली कामदारको बिचल्ली

U-19-Cricket

मलेसियास्थित् नेपाली दूतावासले अवैध कामदारलाई फिर्ता हुन ट्राभल डकुमेन्ट दिन बन्द गरेको छ । दूतावासले विगत डेढ बर्षयता मलेसियामा अवैध कामदार न्यूनीकरण गर्न ट्राभल डकुमेन्ट जारी गर्दै आएको छ ।

भिसा र राहदानी नभएका वा मिति सकिएका कामदारलाई स्वदेश फिर्ता गराउन ट्राभल डकुमेन्ट जारी गरिएको भए पनि अवैधभन्दा वैध हैसियतमा रहेका कामदार बढीमात्रामा नेपाल आउन थालेपछि ट्राभल डकुमेन्टमार्फत फिर्ता गराउने कार्य स्थगित गरिएको मलेसियास्थित् नेपाली दूतावासका अधिकारीले जानकारी दिएका छन् । दूतावासका अर्का एक अधिकारीले भने प्राविधिक कारणवश केही समयका लागि ट्राभल डकुमेन्ट जारी गर्न स्थगित गरिएको दावी गरेका छन् ।

‘मलेसिया गएका धेरै कामदारले पूर्वसम्झौता अनुसारका काम र सेवासुविधा नपाएपछि बीचमै काम छाडेर अवैध भएको बाहना बनाउँदै स्वदेश फिर्ता हुनेक्रम बढेपछि तत्कालका लागि ट्राभल डकुमेन्ट जारी गर्न स्थगित गरिएको हो’, दूतावास स्रोतले भन्यो । अपेक्षा अनुसार काम तथा तलब नपाएपछि विभिन्न बाहनामा वैध कामदार फिर्ता हुन थालेको जानकारी रोजगारदाताले नेपाली दूतावासलाई गराएका छन् । त्यहाँको अध्यागमन अध्ययगमन अधिकारीले पनि नेपाली नियोगमा यही जानकारी गराएको स्रोतको भनाई छ ।

हाल मलेसियामा २० हजार हाराहारीमा अवैधानिक नेपाली रहेको अनुमान छ ।
अन्नपूर्णपोष्टबाट

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...