Friday, January 29, 2016

कार्यालयमा MRP थुप्रिएपछि न्युयोर्क कन्सुलेटले भन्यो-अाफ्नो MRP चाँडै लानुहोस

U-19-Cricket

न्युयोर्क । धेरैले पासपोर्टलाइ अति अावश्यक ठान्छन् र चाँडोभन्दा चाँडो अाफुले प्राप्त गर्न चाहन्छन् । मेसिन रेडिएबल पासपोर्ट(MRP) को नीति लागु भएसँगै न्युयोर्क कन्सुलेटमा भने पासपोर्ट थुप्रिएको छ ।
पासपोर्ट थुप्रिएपछि जेनेरल कन्सुलेट अफ न्युयोर्कले सुचना नै जारी गरी राहदानी लिन अाउन अाग्रह गरेको छ । कन्सुलेटले २६ जनवरीमा सुचना जारी गरी ४४९ जनाको पासपोर्ट तयार भइसकेको जनाएको छ ।
सुचनामा भनिएको छ, ‘यस कार्यालयमा राहदानीका लागि विभिन्न मितिमा आवेदन दिनु भएका आवेदकहरुको राहदानी यस कार्यालयमा प्राप्त भई धेरैजसो आवेदकले राहदानी बुझेर लगिसक्नु भएको भए तापनि २०१५ को डिसेम्बरसम्ममा प्राप्त राहदानी मध्ये जम्मा ४४९ थान राहदानी बुझिलिन अझै बाकी रहेकोले आ–आफ्नो राहदानी बुझिलिन आउनु हुन यो सूचना जारी गरिएको छ ।’
साथै कन्सुलेटले तयारी भइसकेको पासपोर्टको लिस्टसमेत सार्वजनिक गरेको छ ।एभरेस्ट टाइम्स बाट

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...