Wednesday, January 6, 2016

गैंडाको आक्रमणबाट एकको मृत्यु

Rhinoरत्ननगर (चितवन), २२ पुस । पश्चिम चितवनको सुन्दरवस्तीमा गैंडाको आक्रमणबाट आज एक पुरुषको मृत्यु भएको छ ।

भरतपुर उपमहानगरपालिका–२८ स्थित बेलसर सामुदायिक वनमा घाँस काट्न गएका बेला अपराह्न ३ बजेतिर गैंडाको आक्रमणबाट भरतपुर उपमहानगरपालिका–२९ सुन्दरवस्तीका रामबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि पनि पुस ११ गते नारायणी नगरपालिका–३ स्थित बुद्धनगरका स्थानीय बुद्धिप्रसाद अर्यालको गैंडाको आक्रमणबाट मृत्यु भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...