Wednesday, January 6, 2016

सिरियाली विद्रोही समूहका नेताअल हम्सीको गोली हानी हत्या

बेरुत (लेबनान), २२ पुस । अज्ञात बन्दुकधारीको एक समूहले सिरियाको प्रमुख केन्द्रीय राज्यका प्रभावशाली नेता अबु–रातेब–अल हम्सीलाई मंगलबार गोली हानी हत्या गरेको बेलायतस्थित सिरियाली मानवअधिकार संस्थाले बुधबार जनाएको छ ।

सिरियाली अहरार अलसाम इस्लामिक विद्रोही समूहका नेता लानिब अल नहहासले पनि अलहम्सीको मृत्युको खबर पुष्टि गर्दै उनको मृत्युप्रति शोक प्रकट गरेको खबर उनको ट्वीटमार्फत् सार्वजनिक गरिएको छ ।

सिरियाली मानवअधिकारवादी संस्थाले अलहम्सी आफ्नो कारमा श्रीमतीसहित यात्रा गरिरहेको अवस्थामा सिरियाको फारहानिहाट्ट भन्ने गाउँमा मारिएको बताएको छ ।

अलहम्सीकी श्रीमती घटनामा घाइते भएको पनि उक्त संस्थाले जनाएको छ ।

होम्समा विद्रोही समूहका केही अन्य स्थानीय नेताहरुकोे गएका केही सातायता विभिन्न घटनामा मृत्यु भएको छ ।

अलहम्सीको हत्याको अहिलेसम्म कसैले पनि जिम्मा नलिएको बताइएको छ ।

अहरार अलसाम सिरियामा आन्दोलनरत् एक शक्तिशाली विद्रोही समूह हो । यसले विगत केही वर्षदेखि राज्यका विभिन्न स्थानमा आफ्ना आन्दोलनका गतिविधि सञ्चालन गर्दै आएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...