Wednesday, January 6, 2016

बन्चरो प्रहारबाट हत्या

bancheroभोजपुर, २२ पुस । भोजपुरको उत्तरी गाविस नेपालेडाँडा–३ मा घर बनाउने कार्यमा रहेका भीम गिरीलाई उनीसँगै रहेका थामबहादुर श्रेष्ठले गएराति हत्या गरेका छन् ।

सुनसरी जिल्लाको भरौल गाविस–३ कालाबन्जारका उनीहरु दुवै नेपालेडाँडाका नारायण कठायतको घर निर्माणका लागि मिस्त्रीको रुपमा काम गर्दै आएका थिए । राति ८ बजे श्रेष्ठले गिरीलाई दाउराको चिरपट र बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

मदिरा सेवन गरेर गिरीले आफूलाई दुःख दिएकाले हत्या गरेको श्रेष्ठको भनाइ छ । गिरीले केही दिनअघि मदिरा सेवन गरेर श्रेष्ठको ज्वाँइलाई समेत कुटपिट गरेको बताइएको छ ।

गिरीको हत्यापछि फरार रहेका श्रेष्ठलाई धनकुटाको भेडेटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...