Wednesday, January 6, 2016

कर्णालीको विकासका लागि महत्वाकांक्षी योजना चाहिन्छ: प्रधानमन्त्री

KP-Oliकाठमाडौँ, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासका लागि महत्वाकांक्षी योजना बनाएर काम गर्नुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको चौंथौ बैठकमा प्रधानमन्त्री ओलीले साविकका क्रमागत योजनाले मात्र कर्णालीलाई विकासको मूल प्रवाहमा ल्याउन नसकिने बताउनुभयो ।

प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले ‘अब पनि कर्णालीमा कोदालोले खनेर बाटो पु¥याउनु पर्छ’ भन्ने मान्यता राख्ने हो भने त्यस ठाउँको विकास हुन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – “अब कर्णालीमा फरक फरक संस्था र निकायबाट फरक फरक किसिमका विकासका योजना एकैचोटि सञ्चालन गर्नुपर्दछ ।”

कर्णालीमा विकासको लहर ल्याउन बजेटमा भन्दा योजनामा ध्यान दिन आग्रह गर्दै प्रधानमन्त्री आलीले भन्नुभयो, “महत्वाकांक्षी योजना बनाएर ल्याउनुहोस्, सम्बन्धित मन्त्रालयमा प्रस्ताव गर्नुहोस्, कर्णालीलाई सहयोग गर्न म सधैँ तयार छु ।”

विसं २०६८ मा जुम्लाको खलङ्गामा स्थापना भएको प्रतिष्ठानमा हाल स्वास्थ्य सहायक (एचए) र स्टाफ नर्सको पढाइ हुन्छ । हाल ८० जना विद्यार्थी अध्ययनरत प्रतिष्ठानमा ४५ प्रतिशत आरक्षण कर्णालीलाई छुट्याइएको प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...