Saturday, January 2, 2016

पल पल तड्पिन्छु

पाइला पाइला पछ्याएँ मैले
तर तिमीलाई भेटिन
मुस्कान मुस्कान सम्झेँ मैले
तिम्रो जस्तो पाइन
पल पल तड्पिन्छु

प्रेमको पोको खोलेँ मैले
तर तिमीलाई भेटिन
दयालु मन देखेँ मैले
तिम्रो जस्तो पाइन
पल पल तड्पिन्छु

सुरिलो धुन सुनेँ मैले
तर तिमीलाई भेटिन
शब्द शब्द पढेँ मैले
तिम्रो जस्तो पाइन
पल पल तड्पिन्छु

प्रकृतिको आँगन हेरेँ मैले
तर तिमीलाई भेटिन
जिन्दगी अनुभव गरेँ मैले
तिम्रो जस्तो पाइन
पल पल तड्पिन्छु

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...