Thursday, January 7, 2016

हाइड्रोजन बम परीक्षणप्रति दुःख व्यक्त

काठमाडौँ, २३ पुस । नेपालले प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले बुधबार हाइड्रोजन बम परीक्षण भएको भनी गरेको घोषणाप्रति दुःख व्यक्त गरेको छ ।

यस्ता कार्य अन्तर्राष्ट्रिय आणविक अप्रसार प्रयत्न र कोरिया प्रायःद्वीपको शान्ति, स्थायित्व एवम् एकताका लागि हानिकारक हुने नेपालको दृष्टिकोण रहेको परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपाल सबै आमविनाशकारी हतियार र पूर्ण निःशस्त्रीकरणको पक्षमा रहनाका साथै आणविक परीक्षणको विरुद्धमा समर्थन गर्ने दृढ नीतिमा रहेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा नेपाल संयुक्त राष्ट्र सङ्घको अभिसन्धि र अन्तर्राष्ट्रिय कानुनअनुसार अन्तर्राष्ट्रिय विवादको समाधानमा नेपाल विश्वास गर्दछ भनिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...