Tuesday, January 26, 2016

छोराको स्मृतिमा चार विद्यालयमा अक्षयकोष

वालिङ, १३ माघ । यहाँका एक व्यक्तिले आफ्ना छोराको स्मृतिमा विभिन्न विद्यालय तथा क्याम्पसमा अक्षयकोष स्थापना गरेको छ ।

छोराको १३औँ दिनको पुण्यतिथिमा वालिङ–४ ब्याङ्तुङ निवासी गोपालधन सुवेदीले ‘जीवन सुवेदी स्मृति छात्रवृत्ति अक्षयकोष’ को स्थापना गर्नुभएको हो ।
महेन्द्र उच्चमावि जगतभञ्ज्याङका प्राचार्य तथा वालिङ बहुमुखी क्याम्पसका प्राध्यापक सुवेदीले छोराको स्मृतिमा भगवती प्रावि वालिङ–४ चिथाभञ्ज्याङमा रु ५० हजार ५५५, पूर्णामृत भवानी उच्चमावि वालिङमा रु तीन लाख तीन हजार ३३३, महेन्द्र उच्चमावि जगतभञ्ज्याङमा रु एक लाख एक हजार १११, वालिङ क्याम्पसमा रु एक लाख एक हजार १११ र राधा माधव समिति स्याङ्जामा रु १५ हजारको अक्षयकोष स्थापना गर्नुभएको हो ।
अक्षयकोषबाट प्रत्येक वर्ष जेहेन्दार विद्यार्थीलाई नगद पुरस्कार दिइनेछ । २७ वर्षीय छोरा जीवनको अस्ट्रेलियामा हालै निधन भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...