Thursday, January 7, 2016

दशगजामा बसेर टाउको फुटाउँदैमा समस्या समाधान हुँदैन: महामन्त्री सिटौला

krishna-sitaulaफलेवास (पर्वत), २३ पुस । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले दशगजामा बसेर टाउको फुटाउँदैमा तराई मधेसमा जारी समस्याको समाधान हुन नसक्ने बताउनुभएको छ ।

अमृत जोशी स्मृति प्रतिष्ठान पर्वतको आठौँ स्मृति सभालाई आज सम्बोधन गर्दै महामन्त्री सिटौलाले संविधानमा चित्त नबुझे संसदबाटै समाधान गर्न सकिने बताउँदै दशगजामा बसेर भुपरिवेष्ठित मुलुकको पारवहन अधिकार रोक्दैमा उनीहरुले मागेको अधिकार दिन नसकिने स्पष्ट पार्नुभयो ।

संविधान निर्माणको अन्तिम क्षणमा बहिष्कार गरेपनि अब संशोधन गर्न सकिने अवस्था रहेकाले दशगजामा जानुभन्दा संसदमा आउन मधेसवादी नेतालाई उहाँले सुझाव दिनुभयो ।

राष्ट्रिय एकताले मात्रै नयाँ संविधानको कार्यान्वयन सम्भव रहेको बताउँदै उहाँले मुख्य दलहरूबीचको सहकार्यले मात्रै नयाँ संविधान जारी भएकाले संविधानको सहज कार्यान्वयनका लागि पनि दलहरूबीच राष्ट्रिय एकताको आवश्यकता रहेको उल्लेख गर्नु भयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...