Thursday, January 7, 2016

पण्डितको स्वास्थ्यमा क्रमिक सुधार

Lal-babu-300x300काठमाडौँ, २३ पुस । नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डितको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

मधुमेह र उच्च रक्तचापको समस्या आएपछि आइतबार साँझ नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा भर्ना हुनुभएका नेता पण्डितको स्वास्थ्यमा सुधार हुँदै गएको उहाँका स्वकीय सचिव ओसिम आलमले जानकारी दिनुभयो ।

अस्पतालका प्रमुख डा विमल थापाको समूहले उहाँको उपचार गर्दै आएको छ । नेता पण्डितको दुवै आँखामा मोतिबिन्दु पाइएको छ । आलमका अनुसार नेता पण्डितको करिब एक सातापछि तिलगङ्गा अस्पतालमा दुवै आँखामा शल्यक्रिया गर्न चिकित्सकले सुझाएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...